काठमाण्डौ । नेपाल उद्योग परिसङ्घको अध्यक्षमा उद्यमी विष्णुकुमार अग्रवाल चयन भएका छन । परिसङ्घको १८ औँ वार्षिक साधारण सभाबाट अग्रवाल परिसङ्घको अध्यक्ष चयन भएका हुन । अग्रवाल यसअघि परिसङ्घको वरिष्ठ उपाध्यक्ष थिए ।
उनले यसअघि परिसङ्घ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकेका छन । नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्ल्यू ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन ।
परिसङ्घको साधारण सभाले ३७ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको छ । त्यस मध्येबाट सात जना उपाध्यक्ष चयन हुनेछन ।
राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमितमोर, रतनलाल केडिया, राहुलकुमार अग्रवाल, सन्दीपकुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाण कुमार चौधरी, विक्रम सिंघानिया, दिलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन ।
यसैगरी प्रतिष्ठानगत तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन ।
संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र वसन्तबहादुर चन्द राष्ट्रिय परिषद् सदस्यमा निर्विरोध निर्वाचित भएका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend