सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतीमा बदल्नु पर्छः अर्थमन्त्री शर्मा

उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतीमा बदल्नु पर्छः अर्थमन्त्री शर्मा

 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतीमा बदल्नुपर्ने बताएका छन ।

बुधवार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा अर्थमन्त्री शर्माले यसका लागि नीतिगत र योजनागत रुपमा नयाँ संकल्पको खाँचो रहेको औंल्याए । उनले स्थानीय तथा प्रदेशस्तरमा साना उद्योगहरुको सञ्जाल निर्माण गर्दै ठूला उद्योगहरु स्थापना गर्न आवश्यक रहेको पनि बताए । औद्योगिक क्षेत्रमा विशेष लगानी नगरीकन देशलाई आत्मनिर्भर बनाउन नसकिने उनको भनाइ छ ।

अर्थमन्त्री शर्माले सरकारले कोभिड प्रभावित व्यवसायीलाई राहत तथा पुनस्र्थापनाको प्याकेजसहितको कार्यक्रम छिट्टै ल्याउने पनि बताए । कार्यक्रममा उद्योगपति तथा सांसद विनोद चौधरीले देशलाई शिक्षा, स्वास्थ्य तथा आईटीको क्षेत्रमा विश्वको गन्तव्यस्थल बनाउनका निम्ति प्रधानमन्त्री र अर्थमन्त्रीसमक्ष आग्रह गरे । उनले नेपालमा उद्योगधन्दा सञ्चालन गर्नका लागि विचौलियाको आवश्यकता छैन भन्ने सन्देश विदेशी लगानीकर्तामाझ पुर्‍याउनुपर्ने पनि बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend