काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंहले राजीनामा दिएका छन् । क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएको तथा वर्षौंदेखि कांग्रेसमा रहेर काम गर्दै आएका इमान्दार कार्यकर्तालाई पाखा लगाइएको भन्दै आफूले सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएको सिंहले बताए । उनले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासमक्ष राजीनामा बुझाएको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend