शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

अब राष्ट्रिय परिचयपत्र बोकेर गए सीम पाइने, डिजिटल केवाईसी लागु गर्दै प्राधिकरण

अब राष्ट्रिय परिचयपत्र बोकेर गए सीम पाइने, डिजिटल केवाईसी लागु गर्दै प्राधिकरण

 

नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल केवाईसी (नो योर कस्टुमर) लागु गर्ने भएको छ । प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रममा डिजिटल केवाईसी लागु गर्ने उल्लेख गरेको छ ।

डिजिटल केवाईसी लागु भएपछि सीम कार्ड निकाल्न नागरिकता, फोटो बोकेर टेलिकम अफिस जानु पर्ने बाध्यताको अन्त्य हुने प्राधिकरणले जनाएको छ ।

डिजिटल केवाईसी लागु भएपछि ग्राहकलाई सीम कार्ड निकाल्न सहज हुने नेपाल दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले बताए ।

उनले भने ‘अहिले कतिपयले अरूको नागरिकताबाट पनि सीम झिक्ने गरेका छन् । डिजिटल केवाईसी लागु भएपछि त्यो हुँदैन् ।’

डिजिटल केवाईसी लागु भएपछि आफ्नो राष्ट्रिय परिचयपत्र बोकेर टेलिकम अफिस गएमा सीम जारी हुने मिश्र बताउँछन् ।

त्यसका लागि टेलिकम क्षेत्रको केन्द्रीतकृत डिजिटल केवाईसीको डेटा प्राधिकरणमा हुनेछ । त्यो डेटा राष्ट्रिय परिचयपत्रमा जोडिने छ । राष्ट्रिय परिचयपत्रमा जोडिएपछि परिचयपत्र लिएर टेलिकमबाट सीम लिन पाइने छ ।

‘डिजिटल केवाईसी लागु भएपछि सीम निकाल्न राष्ट्रिय परिचिपत्र ल्याए पुग्छ । राष्ट्रिय परिचिपत्रसँग जानकारी हुँदै हुन्छ,’ उनले आइसिटी समाचारसँग भने, ‘फारम भर्नु परेन । राष्ट्रिय परिचयपत्र देखायो । राष्ट्रिय परिचयपत्रबाट नम्बर भरिफाइ गर्छ । ठिक छ सीम कार्ड जारी हुन्छ ।’ आइसिटीबाट

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend