शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमालेमा विवाद चर्किएको बेला नेपाल समूहले भोलि निर्णायक’ छलफल गर्ने

एमालेमा विवाद चर्किएको बेला नेपाल समूहले भोलि निर्णायक’ छलफल गर्ने

फाइल फोटो

काठमाडौं । नेकपा एमालेमा विवाद चर्किएको बेला माधवकुमार नेपाल समूहले भोलि बुधवार ‘निर्णायक’ छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग मंगलवार छलफल गर्दै नेता नेपालले बुधवार केन्द्रीय सदस्यसहित छलफल गर्ने बताएका छन् ।

नेपाल समूहको निर्णायक बैठक बुधवार बिहान ११ बजे बस्ने एक सांसदले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गर्ने वा छुट्टै पार्टी बनाउने भन्नेबारे निर्णायक छलफल हुने जनाइएको छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका सांसदसँग नेता नेपालको छलफल काठमाडौंको एक होटलमा चलिरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend