काठमाण्डौ । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज मङ्गलवार बसेको बैठकले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले जानकारी दिए ।
विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने छन् । गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो । यस बर्ष सय पूर्णाङ्कै परीक्षा भौतिक उपस्थितीमा गर्ने पनि अध्यक्ष पौडेलले जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend