शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

माधव नेपाल समूहका सांसदहरूको बैठक बस्‍दै

माधव नेपाल समूहका सांसदहरूको बैठक बस्‍दै

 

फाइल तस्‍बिर

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरूको आज बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदहरूको आज बैठक बस्ने समूहका सांसद विरोध खतिवडाले जानकारी दिए ।

उनकाअनुसार बैठक अब केहि समय पछि बानेश्वरमा बस्ने छ । बैठकमा ओलीले सोधेको स्पष्टिकरण र आगामी रणनीतिबारे छलफल हुनेछ । आइतबार देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई एमाले केन्द्रीय समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण पत्र पठाइ सकिएको एमाले सचिव शेरबहादुर तामाङले जानकारी दिए । यसअघि नै माधवकुमार नेपाल समूहमा खुल्दै आएका १४ सांसद र ओली समूहमा रहेका ८ सांसदले देउवालाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend