सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

हाँस्य कलाकार जिग्री बने गायक

हाँस्य कलाकार जिग्री बने गायक

काठमाडौं । हाँस्य टेलिश्रृङ्खला भद्रगोलमा जिग्रीको नामले चर्चित कुमार कट्टेल गायक बनेका छन्। उनले जन्मदिनको अवसर पारेर मञ्जुरी नामक गीत सार्वजनिक गरेका हुन्।

सोमबार सार्वजनिक भएको गीतमा कुमार आफैंले अभिनय पनि गरेका छन्। आफू हाँस्य कलाकार भएपनि गम्भीर प्रकृतिको मानिस भएको बताउने उनको गीतले बिछोडको कथा भनेको छ।

म्युजिक भिडियोमा भद्रगोलमै जिग्रीको केटी साथी बनेकी रक्षा श्रेष्ठले अभिनय गरेकी छन्। दुई महिना अघिमात्रै छोरीलाई जन्म दिएकी रक्षाले भिडियोमा पनि गर्भवती महिलाको भूमिका निभाएकी छन्।

म्युजिक भिडियोमा बाल कलाकार अकेशा पोखरेलको केमियो रोल पनि छ। अकेशा टिकटकबाट चर्चा कमाएकी बाल कलाकार हुन्।

गीतमा कुमारलाई महिला आवाजमा मेलिना मैनालीले साथ दिएकी छन्। गीतको शब्द र संगीत भीम बिसीको रहेको छ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend