शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिए देउवालाई बधाई

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिए देउवालाई बधाई

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेकोमा बधाई दिएका छन्।

ट्वीट गर्दै खानले नेपाल र पाकिस्तानको सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा चासोका मुद्दाहरुमा नेपालसँग मिलेर नजिकबाट काम गर्ने बताएका छन्।

सर्वोच्च अदालतले केपी शर्मा ओलीलाई अपदस्त गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। प्रधानमन्त्री नियुक्त भएका देउवाले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए। प्रतिनिधिसभामा कायम रहेको २७१ संख्याको बहुमत पुग्न १३६ मत आवश्यक थियो। सो अनुसार देउवाले १६५ मत पाउँदै विश्वासको मत हासिल गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend