शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नेपाल समूहका कार्यदल सदस्य बैठकबाट बाहिरिए

नेपाल समूहका कार्यदल सदस्य बैठकबाट बाहिरिए

 

काठमाडौँ । एमाले माधवकुमार नेपाल समूहबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न खटिएका प्रतिनिधि सभाका सदस्य समेत रहेका नेताहरु मतदानपूर्व संसद् भवनबाट बाहिरिएका छन् । नेपाल समूहबाट वार्ता गर्न खटिएका संयोजक भीम रावलले प्रतिनिधि सभाबाटै राजीनामा दिइसकेका छन् ।

मतदानपूर्व सदस्यहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई केही सांसदहरुसहित बाहिरिएका हुन् । तिनले प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा हस्ताक्षर गर्ने केही सांसदहलाई लगेको एक नेताले बताए । ‘हाम्रा वार्ता टोलीका नेताहरु केही सांसदसहित बाहिरिएका छन्’ एमाले माधवकुमार नेपाल समूहका एक नेताले भने, ‘तर, केपी शर्मा ओली पट्टिका सांसदहरु थपिने स्थिति छ ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend