काठमाण्डौं । नेकपा एमाले माधव पक्षका प्रभावशाली युवा नेता रामप्रसाद रिजालले आज संसदमा प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत नेपाल र्खनाल पक्ष सांसदले दिएर संसद बचाउने संचारक्रर्मीसगको कुराकानीमा बताएका छन । देउवाले बिश्वासको मत लिने तयारी गरिरहेका बेला माधव पक्षका युवा नेताले यस्तो अभिब्यक्ति दिएका हुन ।
अहिले सबैभन्दा ठूलो आवश्यकता संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउनु पर्ने भएकोले संसदको हत्या हुनबाट जोगाउन पार्टी भन्दा माथि उठेर प्रधानमन्त्रीको पक्षमा मतदान गर्नुपर्ने रिजालको भनाई छ ।
ओलीको सत्तामोह प्रवृतिले गर्दा आज नेकपा पार्टी धुजा धुजा भएकोले अस्वस्थ ओलीलाई घरमै आराम गराएर कम्युनिस्ट पार्टीलाई बचाउन नेता रिजालले सिङ्गो एमाले पार्टीलाई अपील समेत गरेका छन ।
कांग्रेस सभापति शेर बहादुर देउवाको लोकतांत्रिक गठवन्धनको सरकारलाई विश्वासको मत दिएर संसद संविधान र लोकतंत्र बचाउने कुरामा कम्युनिस्ट आंदोलनका महानायक नेता नेपाल संग शंका नगर्न प्रधानमंत्री देउवालाई रिजालले सुझाव दिएका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend