काठमाडौं । नेपाली कांग्रेस पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्तामा नियुक्त भएसँगै उनले सो पदबाट राजीनामा दिएका हुन् ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उनले दिएको राजीनामा स्वीकृत गरेका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले उनको राजीनामा सभापति देउवाले स्वीकृत गरेको जानकारी दिए ।
सरकारको सिफारिसमा खातीलाई राष्ट्रपतिले बिहीबार साँझ महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । शुक्रबार दिउँसो सर्वोच्च अदालतको परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले महान्यायाधिवक्ता खातीलाई शपथ खुवाएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend