शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाँथचर । पाँचथरको कुम्मायक गाउँपलिका–३ स्थित रातमाटेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ ।

शनिबार साँझ तेह्रथुमको म्याङ्लुङ तर्फ गइरहेको को २८ प ६८११ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा म्याङलुङ–१ बस्ने ४५ वर्षीय चालक यामबहादुर लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २४ वर्षीय उदय कार्की घाइते भएका छन् । घाइते कार्कीलाई उपचारको लागि तेह्रथुम अस्पतालतर्फ लगिएको प्रहरीले जानकारी दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend