सर्लाहीमा ७७ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको हरिवन नगरपालिका(२ का करिब ३० वर्षीय अशोककुमार लामा बिहीबार साँझ पक्राउ परेका हुन् ।
हरिवन(२ को अन्नौली खोलामा प्रहरीले बा ५२ प १९३२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा प्लास्टिकको बोरामा ७७ किलो गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
लामासँगै रहेका अन्य तीन जना भने फरार भएका छन् । फरारको खोजी भइरहेको प्रहरीले बताएको छ । पक्राउ परेका लामालाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend