शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पोखराका मेयर जिसीलाई मस्तिष्कघात, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

पोखराका मेयर जिसीलाई मस्तिष्कघात, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

 

पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई मस्तिष्क घात भएको छ। शुक्रबार बिहान मस्तिष्क घात भएपछि उनलाई उपचारका लाथि काठमाडौं ल्याइँदै छ ।

उनलाई हेलिकप्टरबाट काठमाडौंको न्यूरो अस्पतालमा ल्याउने तयारी भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिएका छन्

उनलाई पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो। बरालका अनुसार उनको स्वास्थ्य जटिल भने छैन । नसामा रगत रोकिएका कारण शरीरको देब्रे भाग चलाउन समस्या भइरहेको छ । जिसीलाई उच्च रक्तचापको समस्या थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend