शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमाले स्थायी कमिटि र संसदीय दलको बैठक आज बस्दै

एमाले स्थायी कमिटि र संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटि र संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे ललितपूरको च्यासलस्थित तुलसिलाल स्मृति प्रतिष्ठानमा बस्ने स्थायी कमिटि बैठकको लागि माधव नेपाल र उनी पक्षका नेताहरुलाई पनि सूचना पठाईएको छ ।

यद्यपी असन्तुष्ट समुह बैठकमा सहभागि हुन्छन वा हुँदैन भन्ने यकिन भएको छैन । नेपाल पक्षका कार्यदल सदस्यहरुकै सुझाव अनुसार स्थायी कमिटिको बैठक डाकिएको संस्थापन पक्षको दावी छ ।

आजै दिउसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा एमाले संसदिय दलको बैठक पनि बस्दैछ । प्रतिनिधिसभा पुनःस्थापना भएपछि संसदमा एमालेले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाईएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend