काठमाडौँ । नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ। अब भोलि (शुक्रबार) दिउँसो २ बजे बैठक बस्ने छ।
प्रधानमन्त्री समेत रहेका सभापति देउवाको व्यस्तता बढेपछि बैठक एक दिन पछि सारिएको नेताहरुले बताएका छन्।
१४ औँ महाधिवेशन र क्रियाशील सदस्यताबारे देखिएका विवादबारे छलफल गर्न बैठक बस्न लागेको थियो।
यस्तै बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुबारे पनि छलफल गर्ने तयारी थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend