फाइल
काठमाडौं । सिंहदरबारमा आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ। आज दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्ने एक मन्त्रीले बताए। ती मन्त्रीका अनुसार संसद अधिवेशन बोलाउनेबारे आज सिफारिस गर्ने तयारी छ।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा बैठक आह्वान गर्ने प्रचलन छ। गत सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतले सात दिनभित्र संसद बैठक बोलाउन भनेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्नेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend