शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

झन् बढ्यो ओली–नेपालबीच कटुता

झन् बढ्यो ओली–नेपालबीच कटुता

 

काठमाडौं । बालुवाटारबाट बुधबार बाल्कोट सरेपछि एमाले अध्यक्ष केपी ओलीले घोषणा गरे, ‘माधव नेपाललाई अब पार्टीमा कुनै स्थान छैन ।’ दोस्रो तहका नेताहरु पार्टी विवाद साम्य पार्न १० बुँदे सहमति गरेको तेस्रो दिनमै ओलीले वरिष्ठ नेता नेपालसँग पार्टी एकता नहुने उद्घोष गरे । आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न नेतृत्वदायी भूमिका खेलेको भन्दै ओली नेपालप्रति क्रुद्ध छन् ।

उता नेपालको रिस पनि ओलीप्रति उस्तै छ । आफू नेतृत्वको सरकार ढलेकोमा असन्तुष्ट बनेर ओलीले बहिष्कार गरेको नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ कार्यक्रममा नेपाल सहभागि भए । संविधानको धारा उल्लेख नगरी देउवालाई शपथ गराउन खोजेको भन्दै राष्ट्रपति कार्यालयमा विरोध जनाए र सबैभन्दा पहिले देउवालाई बधाई दिँदै खुशी प्रकट गरे । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend