शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

१० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए कांग्रेस नेता गच्छदार

१० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए कांग्रेस नेता गच्छदार

 

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार १० लाख धरौटी बुझाएर रिहा भएका छन् ।

बुधबार विशेष अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर गच्छदार रिहा भएका हुन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू ​अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई १० लाख धरौटीमा छोडेको हो ।

अदालतले म्याद काटेको झण्डै डेढ वर्षपछि उनी अदालतमा हाजिर भएका थिए । २०६६ चैत २९ गते बालुवाटारको प्रधानमन्त्री परिसर विस्तार गर्ने र प्रधानमन्त्री निवास परिसरमा रहेको जग्गा नक्कली मोहीलाई सट्टापट्टा दिने निर्णयको प्रस्ताव भौतिक निर्माण तथा योजना मन्त्रालयबाट गएको थियो। त्यतिबेला माधवकुमार नेपाल सरकारमा गच्छदार भौतिक पूर्वाधार मन्त्री थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend