काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। यो सँगै देउवा पाँचौँ पटक मुलुकको प्रधानमन्त्री बनेका छन्।
प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्छ। विश्वासको मत नपाए पनि उनकै नेतृत्वमा मुलुक चुनावमा जाने छ। यसअघि सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आजै शपथ ग्रहण गर्ने तयारी छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend