शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मन्त्री छान्न देउवा र प्रचण्ड बीच छलफल हुँदै

मन्त्री छान्न देउवा र प्रचण्ड बीच छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुँदैछ।

देउवासँग तत्कालै छलफल गर्नेबारे माओवादी केन्द्रको मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले निर्णय गरेसँगै दुई नेताबीच भेटवार्ता हुने भएको हो।

सरकारमा सहभागिता, सरकार सञ्चालन लगायका विषयमा माओवादीले देउवासँग छलफल गर्न लागेको हो। देउवासँग छलफल गरेपछि माओवादी केन्द्रले मन्त्री छान्ने तयारी गरेको छ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भावी प्रधानमन्त्री देउवासँग मन्त्रिपरिषद् गठन, सरकार सञ्चालनको विधि लगायका बारेमा तुरुन्तै छलफल गर्ने जानकारी दिए।

‘ सोमबार सर्वोच्च अदालतले संसद पुनः स्थापना गर्दै देउवालाई आज ५ बजेभित्र प्रधामन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै देउवाको शपथको तयारी गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend