काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल औपचारिक रूपमै विपक्षी गठबन्धनबाट बाहिरिएका छन् । नेता नेपालले सर्वोच्च अदालतको फैसलासँगै आफ्नो समूह आजैबाट विपक्षी गठबन्धनबाट अलग हुने जानकारी गराएका हुन् ।
नेपालका विस्वास पात्र रघुजी पन्तका अनुसार पार्टी विवाद समाधानका लागि गठित दश सदस्यीय एकता कार्यदलले एकताको दशबुँदे सहमति तयार पारिसकेपछि पनि नेपालले विपक्षी गठबन्धनको औपचारिक बैठकमा सामेल भएर आफ्नो समूह औपचारिक रूपमा बाहिरिने जानकारी गराएका हुन् ।
त्यसअघि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाललाई नेता नेपालले आफू गठबन्धनको बैठकमा सहभागी भएर औपचारिक रूपमा बाहिरिने जानकारी गराउने बताएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend