शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नेपालको राजनीतिमा तरंग आउने गरी सर्वोच्च अदालतको फैसलाबारे डा बाबुराम भट्टराईले गरे यस्तो टिप्पणी

नेपालको राजनीतिमा तरंग आउने गरी सर्वोच्च अदालतको फैसलाबारे डा बाबुराम भट्टराईले गरे यस्तो टिप्पणी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा संघीय समाजबादी पार्टीका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले गरेको असंबैधाकि कदमप्रति सर्वोच्च अदालतले दिएको फैसलाको स्वागत गरेका छन् ।

उनले खड्गप्रसाद एण्ड कम्पनीको असंवैधानिक र प्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुनः एकपटक रोकेकोमा अदालतलाई र यस अभियानमा संलग्न सबैलाई हार्दिक वधाइ ज्ञापन गरेका छन् ।

उनले भने, ‘अब कुनै किन्तुपरन्तु गर्ने ठाउॅ छैन।’

‘संविधानलाई ट्र्याकमा ल्याएर प्रतिनिधिसभाबाट स्थीर सरकार दिऊॅ प्रतिगमनकारीलाई दण्डित गरौं’ – डा। भट्टराईले भने ।

सर्वोच्च अदालतले आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

ओलीको कदम असबैधानिक ठहर गर्दै २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश जारी भएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend