शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला सुनाए लगत्तै कमल थापाले गरे यस्तो टिप्पणी

सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला सुनाए लगत्तै कमल थापाले गरे यस्तो टिप्पणी

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरू ब्याएको टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतले सोमवार प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएपछि थापाले असन्तुष्टि व्यक्त गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा थापाले लेखेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व राजेश्वर देवकोटाको शब्द सापटी लिएँ – ‘सर्वोच्च अदालतमा आज गोरू ब्यायो’ । राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’

यस्तै, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा फैसला सुनाउँदै विघटन बदर गरेपछि नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको प्रतिक्रिया जनाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा शर्माले लेखेका छन्, ‘प्रतिगमन परास्त भो !

सर्वोच्चले विघटन बदर गर्दै प्रतिनिधिसभा पुनःस्थापना हुने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

देउवा लगायत प्रतिनिधि सभाका बहुमत सांसदले दायर गरेको रिटमाथि अदालतले सोमवार फैसला सुनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend