शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

माधव नेपालको आपत्तिप्रति गोकुल बाँस्कोटाको पनि टिप्पणी

माधव नेपालको आपत्तिप्रति गोकुल बाँस्कोटाको पनि टिप्पणी

Gokul Baskota

 

काठमाडौँ । नेकपा एमालेका दुई पक्षबीच एकताका लागि कार्यदलले गरेको १० बुँदे सहमतिप्रति पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको अभिव्यक्तिविरुद्ध वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाएपछि ओलीकै अर्का प्रिय नेता गोकुल बाँस्कोटाले टिप्पणी गरेका छन्।

आइतबार राति एमाले कार्यदलले १० बुँदे सहमति जुटाउनासाथ हर्षित हुँदै प्रेस सल्लाहकार थापाले अब सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना तथा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश नदिने दाबी गर्दै फेसबुकमा स्टाटस लेखेपछि सोमबार बिहान नेता नेपालले फेसबुकमार्फत नै कडा विरोध जनाउँदै असमति जनाएका हुन्।

जसको जवाफ सूर्य थापाले दिइसकेका छन् भने गोकुल बाँस्कोटाले पनि नेता नेपालको नाम नलिईकन प्रश्न तेर्स्याएका हुन्।

उनले ट्विट गरेका छन्, ‘एमालेले एमाले हौं भन्दा कसरी अदालत प्रभावित पार्न खोजेको हुन्छ र ? अचम्म ! कांग्रेसले आफूलाई एमाले भन्ला त ?’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend