शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

गण्डकीमा एमोलेले गर्‍यो सदन अवरोध

गण्डकीमा एमोलेले गर्‍यो सदन अवरोध

 

 

पोखरा । बजेटमाथिको छलफलको दोस्रो दिन पनि प्रतिपक्षी नेकपा एमालेले सदन अवरोध गरेको छ । एमालेको अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले बैठकलाई १२ बजेसम्म स्थगित गरेका छन् ।

कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले १६ करोड रुपैयाँ रकमान्तरको विषयमा स्पष्ट जानकारी नगराएसम्म एमालेले सदन चल्न नदिने बताएको थियो ।

सभामुख अधिकारीले बजेटमाथिको छलफल गर्नुपर्ने र बजेट पास नहुने अवस्था आउन सक्ने भन्दै बजेट छलफलमा भाग लिन एमालेलाई सुझाव दिए । उनले एमालेले उठाएका विषयबारे सरकारलाई बोल्न दिनपनि बैठक अघि बढाइनुपर्ने बताए । ‘तपाईंहरूले उठाएको विषयबारे मैले सरकारलाई रुलिङ गरेको छु । कम्तिमा तपाईंहरूले उठाएका प्रश्न बारे सरकारलाई बोल्न दिन पर्‍यो,’ उनले भने ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend