शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्री ओलीको समर्थनमा राजधानीमा प्रदर्शन

प्रधानमन्त्री ओलीको समर्थनमा राजधानीमा प्रदर्शन

काठमाडौं । पधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राजधानीमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री ओलीको समर्थनमा आइतबार राजधानीमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी युवा संघका कार्यकर्ताहरूले निधार तथा अनुहारमा ओली पेन्ट गरेका थिए । उनिहरुले ओलीको समर्थनमा नारा जुलुससहित नाचगान गरेका थिए ।

उनीहरुले ‘जहाँ ओली त्यहाँ एमाले, जहा ओली त्यहाँ सूर्य, आई लव यू केपी बा जस्ता नारा लगाएका थिए । प्रदर्शनमा विपक्षी गठबन्धनविरुद्व चर्को नाराबाजीसमेत गरिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend