शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

१०बुँदे सहमतिप्रति नेपाल समूहमा देखियो असन्तुष्टि

१०बुँदे सहमतिप्रति नेपाल समूहमा देखियो असन्तुष्टि

 

काठमाडौं । १०बुँदे सहमतिप्रति नेकपा एमालेको माधवकुमार नेपाल समूहमा असन्तुष्टि देखिएको छ । यो सहमति २८ फागुनमा अध्यक्ष केपी शर्मा ओली समूहले गरेको निर्णयलाई स्वीकार गरेसरह भएको उनीहरुको तर्क छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्षका दोस्रो तहका नेताहरु रहेको कार्यदलले आइतबार साँझ १० बुँदे सहमति गरेको थियो । रातारात सहमति गरेको र अदालतलाई प्रभावित पार्ने गरी अपव्याख्या भएको भन्दै नेता नेपाल स्वयंले असन्तुष्टि जनाएका छन् । उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर र मान्यता कायमै रहेको बताएका छन् ।

नेपाल पक्षका कतिपय नेताहरुले सहमति जस्ताको तस्तै स्वीकार गर्न नहुने बताएका छन् । उनीहरुमध्ये एक राजेन्द्र राई भन्छन्, ‘जे कारणले विद्रोह गरियो, त्यसलाई सम्बोधन गरिएको छैन । यथास्थितिमा यो स्वीकार गर्न सकिंदैन ।’

२८ फागुन २०७७ मा ओली पक्षले गरेको निर्णय नमान्ने आफूहरुको अडान भएको स्मरण गर्दै उनले भने, ‘अहिले मिलाएर २८ फागुनको निर्णय मानिदिनुपर्ने भयो ।’

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले प्रतिनिधिसभा र संविधान मास्ने काम गरेको, पार्टी स्वेच्छाचारी ढंगले चलाएपछि आफूहरुले विद्रोह गरेको राईले बताए । तर भोलिका दिनमा त्यस्तो हुँदैन भन्ने सुनिश्चितता पनि नभएको भन्दै उनले भने, ‘हामी ८०/ ९० जना केन्द्रीय सदस्यमध्ये धेरैलाई यो स्वीकार्य छैन ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend