प्रमुख प्रतिपक्षी दलका नेता एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले कांग्रेस नेतृत्वको नयाँ सरकारले आफ्नो कामको सुरुवातमै भ्रष्टाचार हुने गरी सुरुवात गरेकोे दाबी गरेका छन् ।
शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेता गुरुङले आफूहरुले यस अघि सरकार संचालनमा कानुन र विधि पूर्वक काम कारवाही गर्दै आएको जिकिर गरी नयाँ सरकारले कामको सुरुवात नै भ्रष्टचार हुने गरी सुरु गरेको दाबी गरेका हुन्।
प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले भनेझै आफूहरुले कुनै पनि योजनाहरु अवैध ढंगबाट नगरेको गुरुङले दाबी गरे । उनले भने, “स्वीकृत बहुबर्षीय योजनाको नियम कानुन अनुसार विधि पु¥यायर गरेका छौं । हामीले कहि कतै खोट पाउनु भयो भने भन्नुहोस्, उहाँहरुले गैर बजेट, बजेटमा नआएको योजनामा नपरेको खर्चं चाहि हामीले गरेका छैनौं ।”
गैर बजेट खर्च गर्नु भनेको भ्रष्टाचारको पहिलो सुरुवात भएको नेता गुरुङको भनाइ छ । उनले भने, “भरखरै आएको सरकारले १६ करोड रकम रकमान्तर गरेर एकतर्फ खर्च हुन नसकेको विकास निर्माणमा चाहिने रकमलाई अहिले आफ्ना पार्टीका सभापतिलाई वोलाएर जिल्लामा खर्च गर्ने काम भएको छ । यो सरासर गलत हो ।” उक्त रकम कार्यकर्तालाई सिधै बाँडेको उनको दाबी छ ।
आइतबारबाट सुरु हुने बजेट केन्द्रित छलफल हुने कार्यक्रममा आफ्ना २७ जना सांसदलाई वोल्न दिनुपर्ने गुरुङको भनाइ छ । कांग्रेसले आफ्नो स्वार्थ प्राप्तीको लागि एउटा पार्टीसँग एउटा सहमती गरेर तोड्ने गरेको टिप्पणी गर्दै नेता गुरुङले बजेट पास गरेर अर्को ठूलो पार्टीैलाई समेत प्रभावित पार्न सक्ने आशंका व्यक्त गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend