काठमाडौं । आन्तरिक विवादका कारण दुई ध्रुवमा विभक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई मिलाउन सकृय प्रयास भईरहेको छ। दुवै पक्षका गरी १० सदस्यिय कार्यदलले काम पनि गरिरहेको छ।
कार्यदलले अन्तिम मस्यौदा तयार गर्दै गर्दा माधव नेपालसँग नजिक रहेका नेताहरुहरुले भने पार्टी एकताको मिलन विन्दु भन्दै केहि वुँदाहरु सार्वजनिक गर्न थालेका छन् । उनीहरुका अनुसार पार्टी एकताका लागि ०७५ जेठ २ मा फर्केर पुराना कमिटीहरुलाई पुनर्जिवन दिनु पर्ने र संसद पुनर्स्थापना गरी ‘एक व्यक्ति एक पद’ को अवधारणमा पार्टी संचालन गर्नु पर्ने छ।
यसैगरी, एमालेको नेतृत्वमा सरकार र विधिको शासन संचालन गर्नुपर्ने, पार्टीलाई अझ एकढिक्का बनाउन तथा पार्टी र सरकारलाई प्रभावकारी बनाउन वरिष्ठ नेता माधब नेपालको भूमिकालाई बलियो र फराकिलो बनाउनु पर्ने उक्त समुहले प्रस्ताव गरेको छ।
पार्टी र सरकारलाई बलियो बनाउन सबैका कमिकमजोरीलाई सच्याई अगाडि वढ्नु पर्ने ति मध्येका युवा नेता रामप्रसाद रिजालले वताए । ‘नेता र राजनीतिक दल भन्ने वित्तिकै जनताले हेर्ने दृष्टिकोण सकरात्मक छैन’ उनले भनेका छन्–‘त्यसैले भ्रष्ट र दलाल÷तस्करहरुलाई राजनीतिबाट अलग गरिनुपर्छ।’
जनताले वाम गठवन्धनलाई जनमत दिएकोले यही गठबन्धनको नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्नेमा उनीहरुले जोड दिएका छन् । कांग्रेस र जसपालाई सरकार बनाउने चाबी सुम्पिन नहुने पनि नेता रिजालको भनाई छ। (नेपाल आजबाट)
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend