सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

१७ कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

१७ कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

 

काठमाडौं । विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको हो ।

चालू आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा १९ कम्पनीलाई धितोपत्र निष्काशनको अनुमति दिइसकेको धितोपत्र बोर्डले अझ विभिन्न्न १७ वटा कम्पनीलाई निष्कासन अनुमतिका लागि पखाईमा राखेको छ । यी कम्पनीहरूको पाँच अर्ब ६४ करोड ३ लाख ७९ हजार ८ सय रुपैयाँ बराबरका ५ करोड ६४ लाख ३ हजार ७ सय ९८ कित्ता सेयर निष्कासनका लागि पाइप लाइनमा रहेका छन् । आवेदन दिनेमा अधिकाशं जलविद्युत् कम्पनी रहेका छन् ।

धितोपत्रको प्रारम्भिक बिक्रि वितरणमा संलग्न बजारलाई प्राथमिक बजार भनिन्छ । अर्को शब्दमा, नयाँ अथवा पहिलोपटक निष्कासन गरिएका धितोपत्रको बिक्री हुने बजारलाई प्राथमिक बजार भनिन्छ । प्राथमिक सेयर प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गरेर दोस्रो बजारमा कारोबार हुँदा बढ्दै जान्छ । बोर्डमा आवेदन दिएकामध्ये पाँचवटा कम्पनीलाई बोर्डले प्रारम्भिक समीक्षामा राखेको छ भने ४ वटा कम्पनीलाई समीक्षा गरेर टिप्पणी पठाइएको छ । त्यस्तै, अन्य आठवटा कम्पनी पनि समीक्षा अवधिमै रहेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend