शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

साहित्यकार उपाध्यायको निधन

साहित्यकार उपाध्यायको निधन

 

फिदिम । नौलो साहित्यिक बहान प्रतिष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायको निधन भएको छ। कोरोना संक्रमण भएपछि झापाको बिर्तासीटी अस्पतालमा उपचाररत उपाध्यायको शनिबार बिहान निधन भएको हो।

प्रतिष्ठाका महासचिव प्रेम ओझाकाअनुसार स्वास्थ्यमा समस्या आएपछि केहीदिन अघि उपाध्यायलाई बिर्ता सीटी अस्पताल लगिएको थियो। असार १२ गते एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको थियो।

इलामको सोयाङमा जन्मिएका ६६ वर्षीय उपाध्यायले पाँचथरको फिदिममा स्थायी रुपमा बसोबास गर्दै आएका थिए। उपाध्यायका एक छोरा र तीनछोरी छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend