शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमाले विवाद सहमति नजिक

एमाले विवाद सहमति नजिक

 

काठमाण्डौ । नेकपा एमाले पार्टीभित्रको विवाद मिलाउन गठित कार्यदलले सहमति नजिक पुगेको बताएको छ । गएको केही दिनयता निरन्तर बसेको कार्यदलको बैठकले एकताको बुँदामा सहमति बनाएको हो ।

कार्यदलको बैठक शुक्रवार दिनभरि अर्थ मन्त्रालयमा बसेको थियो । बैठकपछि बाहिरिएका कार्यदलका सदस्यद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टले पार्टीमा एकता कायम गर्ने विषयमा सहमतिको निष्कर्ष निकालेको जानकारी दिए । सहमति भएको विषयमा भाषा मिलाएर शनिवारको बैठकबाट सार्वजनिक गरिने ज्ञवालीले बताए ।

गएको जेठ २ गते गठन भएको कार्यदलले गएको सोमवारदेखि छलफल सुरु गरेको थियो । भोलि बस्ने कार्यदलको बैठकमा सहमतिको खाका बनाइ भोलि नै शीर्ष नेतालाई बुझाउने कार्यदलको तयारी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend