शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

 

दैलेख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण निर्वाचित वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका वडासदस्य तेजबहादुर थापाको मृत्यु भएको हो । उनको बाँकेको कोहलपुरस्थित घरमै बिहीवार विहान निधन भएको डुङ्गेश्वर गाउँपालिका–२ का वडाध्यक्ष राजुकुमार खत्रीले जानकारी दिए ।

वडाध्यक्ष खत्रीका अनुसार त्यसअघि उनको नेपालगंजस्थित भेरी अस्पतालमा उपचार गरिएको थियो । भेरी अस्पतालमा पनि उपचार सम्भव नभएपछि घर ल्याइएको थियो । वडासदस्य थापाको निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार एक दिन वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend