इलाम नगरपालिका–१२, साङरुम्बामा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ। स्थानीय ४५ वर्षीय यामबहादुर साँवाले ५८ वर्षे धनबहादुर राईको बुधबार बिहान पौने ८ बजेतिर हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। खुकुरी प्रहारबाट धनबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यामबहादुरलाई गाउँबाटै पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend