शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पूर्व राजा ज्ञानेन्द्र शाहलाई विभिन्न क्षेत्रबाट जन्मोत्सवको शुभकामना

पूर्व राजा ज्ञानेन्द्र शाहलाई विभिन्न क्षेत्रबाट जन्मोत्सवको शुभकामना

 

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले बुधबार जन्मोत्सव मनाउँदै छन् । विशेष कार्यक्रम नभए पनि उनको ७५ औँ जन्मोत्सवको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिले शुभकामना व्यक्त गरेका छन्।

अभिनेत्री मनिषा कोइरालले ट्वीट मार्फत शाहलाई शुभकामना दिएकी छन्। उनले लेखेकी छन्, ‘ श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवको ७५ औँ शुभजन्मोत्सवको उपलक्ष्यमा मौसूफ सरकारको सुख, शान्ति, सुस्वास्थ्य, एवम् दीर्घ जीवनका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’

राप्रपाका अध्यक्ष कमल थापाले जन्मोत्सवको शुभकामना दिँदै सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन्। उनले ट्वीट मार्फत शुभकामना दिएका हुन्।

राप्रपाका नेता तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा। धवल शमशेर राणाले पनि पूर्व राजा शाहलाई शुभकामना दिएका छन्। उनले लेखेका छन्, ‘७५ औँ शुभजन्मोत्सवका सु–अवसरमा राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवमा सुख,शान्ति एवम् दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’

पूर्व राजा शाहले यो वर्ष जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको यसअघि नै जानकारी गराएका थिए।

कोरोना भाइरसको महामारीका कारण नागरिकमा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राखेर जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको शाहले केही समय अघि वक्तव्य मार्फत जानकारी गराएका थिए।

तर बुधबार उनको जन्मोत्सवको अवसरमा सामाजिक सञ्जाल मार्फत सर्वसाधारणसहित विभिन्न क्षेत्रका व्यक्तिहरुले शुभकामना दिइरहेका छन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend