शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

अमलेखगञ्जबाट ३० लाख बराबरको मोबाइल बरामद

अमलेखगञ्जबाट ३० लाख बराबरको मोबाइल बरामद

सिमरा प्रहरीले ३० लाख बराबरको मोबाइल बरामद गरेको छ। जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्ज सडकमा प्रहरीले एउटा बोलेरोबाट भन्सार छलेर ल्याइएका मोबाइल बरामद गरेको हो।

प्रदेश २-०३0००१ च १४३ नम्बरको बोलेरोबाट प्रहरीले विभिन्न कम्पनीका १५ सय २० थान मोबाइल बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

गाडी र मोबाइलसहित चालक बारा कोल्वी नगरपालिका ४ का पदमबहादुर घिमिरेलाई पक्राउ गरिएको सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए। ‘आवश्यक बिल बिजक नभएकोले बरामद गरी भन्सार कार्यालय बुझाइएको छ,’ कुँवरले भने। बरामद भएका मोबाइलमा माइक्रोम्याक्स कम्पनीका बढी छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend