भारतीय चलचित्र जगतका प्रख्यात अभिनेता दिलिप कुमारको निधन भएको छ । उनको आज बिहान ९८ वर्षको उमेरमा निधन भएको हो ।
मुम्बईको खार हिन्दुजा अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । ११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर शहरमा जन्मिएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो ।
दिलीप कुमारले करिब पाँच दशकको फिल्मी करियरमा ६५ वटाभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनका चर्चित सिनेमाहरुमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल ए आजम लगायत रहेका छन् । उनको अन्तिम चलचित्र किला हो, जुन १९९८ मा सार्वजनिक भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend