शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु

टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु

 

 

रुपन्देही । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको चरचरेमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । चुनढुंगा लिएर बुटवलतर्फ आइरहेको लु २ ख ८२० नम्बरको टिप्पर दुर्घटना हुँदा चालक पाल्पा पूर्वखोला गाँउपालिका ५ वीरकोटका २६ वर्षीय सुदीप गैरेको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रवास लैजाँदै गर्दा उनको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend