शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

फेरि बढ्यो इन्धनको मूल्य

फेरि बढ्यो इन्धनको मूल्य

 

काठमाडौँ । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको हो।

निगमले पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्‍याएको छ । यसअघि निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । यस्तै, डिजेल, मटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाइएको छ । अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ४२५ रुपैयाँ पुगेको छ।

हवाई इन्धन (आन्तरिक उडान)को मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ भने हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएको छ। अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ८४ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रियतर्फको प्रतिकिलोलिटर अमेरिकी डलर ७५४ कायम भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend