दैलेख । कालिकोट जिल्लाको रासकोट नगरपालिका–६ कालापानीमा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
रासकोटदेखि सानीघाट आउँदै गरेको क १ ज ३३ नम्बरको बोलेरो जिप आज बिहान ७ः३० बजेतिर दुर्घटना भएको कालिकोटले प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख चक्र बहादुर शाहका अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको र चार जना घाइते भएका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend