शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बैंकिङ कसुर अभियोगमा निर्देशक राणा पक्राउ

बैंकिङ कसुर अभियोगमा निर्देशक राणा पक्राउ

 

 

काठमाडौं । निर्माता, निर्देशक शिशिर राणा बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सोमबार उनलाई सोमबार बिजुलीबजार काठमाडौंबाट पक्राउ गरेको हो ।

ललितपुरको कुपण्डोलमा बस्दै आएका राणालाई पाटन उच्च अदालतले १० दिन कैद र ४५ लाख जरिवाना हुने ठहर गरेको थियो । त्यसपछि उनी लुक्दै आएका थिए ।

२०७६ सालमा उनले घरव्यवहार चलाउन तथा व्यवसायमा लगानी गर्न ऋण लिएका थिए तर, ब्यालेन्स नभएको चेक दिएपछि उनी बिरूद्ध उजुरी परेका थिए ।

‘रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी नविल बैंकको चेक दिएको र चेक बाउन्स गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।’ प्रहरी कार्यालय केन्द्रिय अनुसन्धान ब्युरोद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । विभिन्न विज्ञापन निर्देशन गरेका राणा पछिल्लो समय फिचर फिल्न निर्देशनमा लागेका छन् । उनी अभिनयमा पनि सक्रिय छन् ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend