नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरको निधन भएको छ । विश्वव्यापी महामारी कोराना संक्रमित भएर केही समयदेखि त्रिभुवन शिक्षण अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको हो ।
२०३६ सालको प्यारामेडिकल आन्दोलनबाट नेपालको ट्रेड युनियन आन्दोलन र प्रजातान्त्रिक आन्दोलनमा होमिएका कुँवर ट्रेड युनियन कांग्रेसको संस्थापक केन्द्रीय सदस्य समेत थिए ।
कुँवर पार्टीमा कास्की क्षेत्र नं ३ सभापति हुँदै पार्टीको आमन्त्रित केन्द्रीय सदस्यसम्म भएका थिए । उनी गत स्थानीय तहको चुनावमा पोखरा महानगरपालिकाको प्रमुखको प्रत्यासी थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend