शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मेलिना राईको ‘ठूल्दाइको फूलमाला’ सार्वजनिक

मेलिना राईको ‘ठूल्दाइको फूलमाला’ सार्वजनिक

 

गायिका मेलिना राईको ‘ठूल्दाइको फूलमाला’बोलको गीत सार्वजनिक भएका छ । गीतमा गायिका राईलाई गायक आरसी रिमालले साथ दिएका छन् ।

गीत दीपक सिलवालले लेखेका हुन् । गीतकार सिलवालकै संगीत रहेको गीतमा संगीत संयोजन सहस शाक्यले गरेका छन् ।

गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोमा डान्स ग्रुप ‘द कार्टुन क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गरेका छन् । साथमा शिशीर भण्डारी, रीता कट्टेल र बाल कलाकार किञ्जल रसाईलीलाई पनि म्युजिक भिडियोमा देख्न सकिन्छ ।

माइकल चन्दले निर्देशन गरेको म्यूजिक भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईँले छायांकन गरेका हुन् । सिलन लम्सालले भिडियो सम्पादन गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend