शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

गाउँपालिकाका अध्यक्ष बर्माको निधन

गाउँपालिकाका अध्यक्ष बर्माको निधन

 

 

मलंगवा । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको आइतबार बिहान निधन भएको छ । रामनगर गाउँपालिका वडा नंं १ खैर्वा निवासी बर्माको आइतबार बिहान १२ बजे निधन भएको गाउँपालिकाका पूर्व निमित्त प्रशासकीय अधिकृत रामपुकार महतोले जानकारी दिएका छन् । काठमाडौं भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा रहेका बर्माको ७२ वर्षको उमेरमा निधन भएको हो । गाउँपालिका अध्यक्ष बर्माको श्रीमती र एक छोरा रहेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend