काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूहप्रति रोष प्रकट गरेका छन् । शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकमा खनाल–नेपालनिकट सदस्यहरु सहभागी नभएकोप्रति उनी आक्रोशित भएका हुन्
खनाल–नेपाल पक्षले उक्त बैठक बहिष्कार गरेको छ । पार्टी २०७५ जेठ २ गतेको स्वरुपमा फर्किसक्दा पनि उनीहरु बैठकमा सहभागी नभएकोमा ओलीको असन्तुष्टि थियो । “जेठ २ मा गएपछि बैठकमा आउनु पर्दैन ? कोही कहिले आउने हो, १० वर्षसम्म पर्खिने ? ” उनले प्रश्न गरे ।
उनले आफ्नो पुतला दहन गर्नेहरुका लागि बैठक रोकिरहन नसक्ने पनि बताए । पार्टीकै नेताहरुले आफ्नाविरुद्ध मोर्चाबन्दी गरिएको स्वीकार्य नहुने उनको भनाइ थियो ।
“पुतला जलाउनेलाई हामीले बैठक नगरेर पर्खिनुपर्ने ? ” उनले प्रश्न गरे ।
विपक्षी नेताको समर्थनमा हस्ताक्षर गरिएको भन्दै उनले आपत्ति जनाए । “सरकार जिम्मा लाउने भनेर हस्ताक्षर गरेर हिँडेका साथीहरु, तिनीहरुको स्टाटस के हो ? हैसियत के हो ? प्रतिपक्षी मोर्चाका सक्रिय सदस्य बनेर हिँडेका छन्,” ओलीले बैठकमा भने ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend