शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

खेत रोपिरहेको अवस्थामा चट्याङ्ग खस्दा तीन जना घाइते

खेत रोपिरहेको अवस्थामा चट्याङ्ग खस्दा तीन जना घाइते

सांकेतिक तस्विर

 

 

पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आज बिहान खेत रोपिरहेको अवस्थामा चट्याङ्ग खस्दा तीन जना महिला घाइते भएका छन् ।

हावाहुरीसहित परेको अविरल वर्षासँगै चट्याङ्ग खस्दा सखुवा प्रसौनी गाउँपालिका वडा ४ देउरबानाका तीन जना महिला घाइते भएको प्रहरीले जनाएको छ । खेतमा रोपाई गरिरहेको अवस्थामा चट्याङ्ग परेपछि स्थानीय गीता देवी, मैना देवी र रम्भा देवी घाइते भएको प्रहरीले जनाएको छ ।

चट्याङ्ग लागेर बेहोस भएका महिलाहरूलाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पुर्‍याइएको र महिलाहरूको उपचारपछि होस खुलेको जनाइएको छ ।

अहिले उनीहरूको अवस्था सामान्य रहेको छ । दुई दिन अघि पर्साको सखुवाप्रसौनी, पटेर्वा सुगौली र जिराभवानी गाउँपालिकामा चट्याङ्ग पर्दा तीन जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend