नेपालगञ्ज । बाँके प्रहरीले अवैध रुपमा जम्मा गरेर राखिएको आठ लाख बराबरको सामान बरामद गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ बस्ने मोनु कवडियाले नेपालगञ्ज – ७, एमपी स्कूल नजिक एक घरमा कोठा भाडामा लिएर अवैध सामान जम्मा गरेका थिए।
विशेष सूचनाका आधारमा प्रहरीले कवडियाले भन्सार छलेर जम्मा गरी राखेको मोटरसाइकल तथा गाडीका पार्टस्, कपडा, छातालगायतको सामान बरामद गरेको जनाएको छ।
बाँके प्रहरीले बरामद भएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, नेपालगञ्जमा पठाइदिएको जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend