काठमाडौं । एमालेका दुवैपक्षका दोस्रो तहका नेता फेरि छलफलमा जुटेका छन्। अहिले ललितपुरको कुपण्डोलस्थित होटल समिटमा दुवैपक्षका नेताहरुबीच छलफल चलिरहेको छ।
शनिबार दिउँसो १ बजेदेखि समिट होटलमा भइरहेको छलफलमा ओलीका पक्षबाट एमाले स्थायी कमिटी सदस्य विष्णुप्रसाद पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वांग सहभागी छन्।
त्यसैगरी वरिष्ठ नेता नेपालपक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य र घनश्याम भुसाल छन्। अन्तिमसम्म पनि एकताको प्रयत्न नछाड्ने भन्दै आफूहरुले छलफललाई निरन्तरता दिएको एक नेताले बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend